Thaha

Sunday 22 September - 4:33 am NST

राजनिति

संसद् बैठक आउँदो २२ गते १ बजेसम्मका लागि स्थगित

काठमाडौं, १७ असोज । संसद् बैठक आउँदो २२ गते १ बजेसम्मका लागि स्थगित भएको छ । आज केही बेर बसेको बैठकले पूर्वमन्त्री तथा सभासद् रामचरण चौधरी र पूर्व सांसद नरबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गरेको...

केपी ओली अवका प्रधानमन्त्री–नारायणमान बिजुक्छें

काठमाडौ, १७ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रमुख पार्टीबीच पहिले भएको भद्र सहमति अनुसार एमाले अध्यक्ष केपी ओलीनै प्रधानमन्त्री हुनुपर्ने बताउनुभएको छ ।

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाण्डौ, १७ असोज । नेकपा एमालेलेपार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । आईतवार सिंहदरवारमा बसेको एमाले स्थायी समिति बैठकले ओलीलाई भाव...

प्रमुख दलहरु प्रधानमन्त्रीसँगै सभामुख,उपसभामुखको चयनका लागि पनि दवावमा

काठमाडौं, १७ असोज । प्रमुख दलहरु प्रधानमन्त्रीसँगै सभामुख, उपसभामुखको चयनका लागि पनि दवावमा परेका छन् । समयको चापका कारण दलहरु प्रधानमन्त्री, सभामुख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रपतिको पनि भागबण्डा...

वार्ता टोली र संघीय लोकतान्त्रिक मोर्चाबीच छलफल हुँदै

काठमाडौं,१७ असोज । प्रमुख दलले गठन गरेको तीन सदस्यीय वार्ता टोली र विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच छलफल हुँदैछ ।

एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर विसर्जन हुँदोहेछ ‘त्यो’ राष्ट्रवाद : भट्टराई

गोरखा, १६ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको एक हप्तामा नेपाली राजनीतिमा पदका लागि शक्तिकेन्द्रसम्मको दौडधुपको अनेकौं नाटकको पटाक्षप हुने बताउनुभएको छ । शनिबार गोरखाबजारमा पूर्वसभासद...

आज पनि असन्तुष्ट दलसंगको वार्तालाई निरन्तता दिने

काठमाडौं, १६ असोज । मुख्य तीनदलले बनाएको वार्ता टोलीले आज पनि असन्तुष्ट दलसंगको वार्तालाई निरन्तर्ता दिने भएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको मोर्चासंग वार...

एक हप्ता दिनभित्र सहमतीय सरकार बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं १५ असोज । राष्ट्रपति डा. रामवरण यादवले हप्ता दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।  राष्ट्रपति डा. यादवले नयाँ संविधानको धारा २९८ को उपधारा २ बमोजिम शुक्रबार बेलुकी सात दिनभित्र...

प्रधानमन्त्रीले सहमतीय सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्दै

काठमाडौं, १५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले सहमतीय सरकार गठनको आह्वान गर्न राष्ट्रपति डाक्टर रामवरण यादवलाई आग्रह गर्दै हुनुहुन्छ ।

अब राजनीतिक दलको एजेन्डा आर्थिक क्रान्ति हुनुपर्छ–बाबुुराम

काठमाडौं, १५ असोज । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अघोषित नाकाबन्दी गरेर भारतले सानो चित्त दुखाएको टिप्पणी गर्नुभएको छ ।