Thaha

Saturday 27 April - 3:45 pm NST

प्रचण्डसंग राष्ट्रियताको भावना उच्च


काठमाडौं, साउन २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग राष्ट्रियताको भावना उच्च रहेको बताउनुभएको छ । संसद बैठकमा बोल्दै थापाले अत्यधिक बहुमतले प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिदै यस्तो बताउनुभएको हो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारमा सहयात्रा गर्ने क्रममा आफूले अहिलेका  प्रधानमन्त्री प्रचण्डसँग ५० औँ पटक बसेको र उहाँमा राष्ट्रियताको भावना उच्च देखेको बताउनुभयो । नेपालले चीनसँग सम्बन्ध बढाउनुलाई भारतको विरोध गरेको भन्न नमिल्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।