Thaha

Saturday 27 April - 2:33 pm NST

आजदेखि सुपथ मुल्यका पसल सन्चालन


काठमाडौं, १ असोज ।
चाडपर्वलाई लक्षित गरी आजदेखि आपुर्ति मन्त्रालयले सुपथ मुल्यको पसल सञ्चालन भएको छ । नेपाल खाद्य संस्थान, नेसनल टे«डिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले संयुक्त रुपमा बिक्री कक्षहरु सञ्चालन गरेका हुन् । उपत्यकाका थापाथली, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल र नख्खु लगायतमा गरी उपत्यकामा १३ ठाउँमा र जिल्ला बाहिर २३ ठाउँमा सुपथ मुल्यका पसल सन्चालन हुनेछन् ।

सुपथ मुल्यका पसलको  औपचारिक शुरुवात रामशाहपथमा आपुर्तिमन्त्री दिपक बोहोराले पसलको औपचारिक उद्घाटन गर्नु भएकोे मन्त्रालयका प्रबक्ता आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।  साल्ट ट्रेडिङले नुन, चिनी, चामल, पिठो, मैदा र गेडागुडिको पसल सन्चालन गर्नेछ । साल्टले चिनीमा प्रकिलो ५ र नुनमा २ रुपैयाँ छुट दिने जनाएको छ । नेसनल ट्रेडिङले विद्युतीय समान, मेसिनरी पार्टपुर्जा उपलब्ध गराउनेछ । खाद्य संस्थानले १५ थरिका खाद्यान्नमा छुट दिने जनाएको छ । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो १० रुपैयाँ र पनिरमा ५ रुपैयाँ छुट दिने भएको छ । उपत्यकाका चक्रपथ आसपासमा गाडीद्धारा घुम्ति सेवा पनि सन्चालन हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उपत्यका बाहिर सुर्खेत, नेपालगन्ज, टिकापुर, धनगढी, महेद्रनगर, बैतडी, दिपायल, त्रिशुली, नारायणगढ, हेटौंडा, बनेपा र पोखरामा सुथप मुल्यका पसल सन्चालन हुनेछन् । यस्तै बिराटनगर, लाहान, राजबिराज, विर्तामोडमा पनि सुपथ मुल्यका पसल सन्चालन हुने मन्त्रालयले जनाएको छ ।