Thaha

Saturday 27 April - 12:49 pm NST

शेयर बजारमा ३९ अंकको गिरावट

काठमाण्डौं, साउन ३१ । शेयर बजारमा आज ३९ अंकले गिरावट आएको छ । परीसुचक ३९ दशमलव १२ अंकले घटेसँगै बजार १६ सय ९४ दशमलव ८१ अंकमा ओर्लिएको छ । आज सबै समूहका सुचक रातो भएका छन् ।

सबैभन्दा धेरै विमा समूह २ सय ३४ दशमलव २८ अंकले घटेको छ । यस्तैगरी होटल ७६, जलविद्युत ४९, बैंकिङ्ग ४०, विकास वैंक ३७, अन्य ९ र फाईनान्स समूहको सुचक २ अंकले घटेको छ । दिनभर १ सय ४१ कम्पनीका १ अर्ब १९ करोड २९ लाख रुपैंयाको कारोवार भएको छ भने ती कम्पनीका २४ लाख १७ हजार २ सय ५ कित्ता शेयर किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल बंगलादेश बैंक ९ करोड ३४ लाख, एभरेष्ट बैंकले ५ करोड ६२ लाख रुपैंयाको कारोवार गरे ।