Thaha

Monday 29 April - 4:45 am NST

नेपालमा बाह्य शक्तिको चलखेल : कमल थापा

काठमाण्डौं, साउन ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले १२ बुद्धे सम्झौतादेखि नै नेपालमा बाह्य शक्तिको चलखेल बढेको बताउनु भएको छ ।

मिडिया नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा थापाले सत्तामा पुग्न वाह्य शक्तिको आर्शिवाद नभई हुन्न भन्ने नेपाली दल र नेताको मानसिकता हावी हुदै गएकोले राष्ट्रिय स्वाधिनता खतरामा परेको बताउनुभयो । संविधान जारी भएपछि वाह्य शक्तिको प्रभाव कम भएपनि सरकार परिवर्तनपछि त्यो फेरी सक्रिय भएकोे थापाको आरोप छ ।

यसअघिको सरकारमा थापा उपप्रधान एवं परराष्ट्रमन्त्री हुुनुहुन्थ्यो । अध्यक्ष थापाले दलहरुबीचको असमझदारी तिक्तता र तिब्र ध्रुविकरणले संविधान कार्यान्वयनमा चुनौती बढेको बताउनुभयो ।