Thaha

Wednesday 08 May - 10:40 pm NST

सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था वैज्ञानिक छैनः प्रधानमन्त्री

काठमाण्डौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र उत्पादित जनशक्तिबीच तालमेल हुनुपर्ने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘देशलाई चाहिने जनशक्ति कति हो, आवश्यकता कति हो, कुन क्षेत्रमा कति जनशक्ति चाहिन्छ, त्यसको अनुपातमा शैक्षिक क्षेत्रले जनशक्ति उत्पादन गर्नेतिर जानुपर्छ ।’

अहिले उत्पादन भइरहेको जनशक्ति र राष्ट्रिय आवश्यकताबीच दरार रहेको भन्दै उहाँले यसको उचित तालमेलको नीति आवश्यक भएको बताउनुभयो । प्रधानमन्त्री नै सबै विश्वविद्यालयको कुलपति हुने व्यवस्था वैज्ञानिक नभएको भन्दै प्रचण्डले यसको बिकल्पतिर सोच्नुपर्ने बेला आएको बताउनुभयो । ‘सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था वैज्ञानिक छैन, विज्ञता र विषयको बिशिष्टताका आधारमा कुलपति नै नियुक्ति गर्ने व्यवस्था गर्नु नै वैज्ञानिक हुन्छ’ उहाँले भन्नुभयो ।

साधारणसभाले पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार, चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट, छात्रवृत्ति सम्बन्धि व्यवस्था लगायतका महत्वपूर्ण विषयमा छलफल गरी नियमावली संशोधन गरेको छ ।