Thaha

Thursday 18 April - 1:04 pm NST

नेविसंघको ११ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै


काठमाडौं, साउन २३ गते । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ आँै महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । भृकुटीमण्डपमा सुरु हुने महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी ३ हजार ४ सय प्रतिनिधिले भाग लिँदैछन् ।  आन्तरिक कारण देखाउँदै पटक पटक स्थगित हुँदै आएको महाधिवेशन नौ बर्ष पछि हुन लागेको हो । महाधिवेसन अन्तरगत भोलिदेखि बन्द सत्र चल्नेछ । महाधिवेसनले नेविसंघको १ सय ५१ सदस्यीय केन्द्रिय कार्यसमिती चयन गर्नेछ । एक अध्यक्ष, सात प्रदेशबाट एक÷एकजना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष निर्वाचित हुनेछन् । त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको नेविसंघले जनाएको छ । यसैगरी एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् । नेविसंघले एक व्यक्ति एक पदको अवधारणा अनिवार्य रूपमा लागू हुने जनाएको छ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्काे पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । संघको अध्यक्षमा नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायत एक दर्जन भन्दा बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।