Thaha

Friday 26 April - 7:11 pm NST

नागपञ्चमी पर्व,नागको चित्र टाँसेर पूजा गरी मनाइँदै


काठमाडौं, साउन २३ गते । आज नागपन्चमी पर्व, घरघरमा तथा नागपोखरी र नाग थान हरुमा नागको पुजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने परम्परा छ । विभिन्न आठ प्रकारका नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाउनुका साथै आफ्ना कुल नागका थानमा विशेष पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ । आजको दिन घरको ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनुभयो । आज पशुपतिको वासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेलमा रहेको नागदह लगायतका स्थानमा मेला लागेको छ ।