Thaha

Friday 19 April - 4:03 am NST

भन्सार कार्यालय आधुनिकीकरण मुख्य प्राथमिकता

काठमाण्डौं, साउन २७ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले भन्सार कार्यालय आधुनिकीकरण गर्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । भन्सार विभागले गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले भन्सार कार्यालयलाई आधुनिकीरण गर्ने पहिलो निर्णय निर्णय कार्यान्वयन आफ्नो प्रथामिकता भएको बताउनुभयो ।

पदबहाली गरेपछि अर्थमन्त्री महराले ‘नीति निर्माणमा हस्तक्षेप, योजना कार्यान्वयनमा सहयोग’ गर्ने योजनासहित राजश्व संकलनलाई वैज्ञानिकीकरण र आधुनिकिरण गर्ने लगायतका तीन प्राथमकिता सार्वजनिक गरेका गर्नुभएको थियो । अवैध व्यापारलाई नियन्त्रण गर्ने र वैध व्यापारलाई सहजीकरण गर्ने विषयमा उचित कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

१० भन्सार कार्यलय आधुनिकीकरण गरिने अर्थमन्त्री महराको नीतिगत निर्णय अनुसार चालु आर्थिक वर्षमा १० भन्सार कार्यालयलाई आधुनिकीकरण गरिने छ।