Thaha

Monday 29 April - 5:19 am NST

शेयर बजारमा सामान्य गिरावट

काठमाण्डौं, साउन २७ । कारोवारको अन्तिम दिन आज शेयर बजार सामान्य घटेको छ । यस साता शेयर बजारमा निक्कै उतारचढाव देखियो । सोमबार र मंगलबार निक्कै कम समयमा उच्च घटबढ भएपछि सर्किटब्रेक लागेको बजार हिजो  १९ अंकले बढेको थियो । आज फेरी ४ दशमलव ७ अंकले घट्दै बजार १७ सय ७४ दशमलव ८७ अंकमा आईपुगेको छ ।

होटल र विकास वैंकबाहेक सबै समूहको सुचक रातो भएका छन् । सबैभन्दा धेरै विमा समूह ६२ दशमलव ३९ अंकले घटेको छ । यस्तैगरी जलविद्युत १३, वैंकिङ्ग ४, उत्पादनमूलक समूह ६ र फाईनान्स र अन्य समूहको सुचक १ अंकले रातो भए । होटल १३ अंकले बढ्दा विकास वैंक ३ अंकले हरियो भयो ।

दिनभर १ सय ४७ कम्पनिका ३५ लाख ४४ हजार ७ सय ८४ कित्ता शेयर किनबेच हुंदा १ अर्ब ३१ करोड ८६ लाख ७२ हजार रुपैंयाको कारोवार भएको छ । धेरै कारोवार गर्नेमा नेपाल बैंक १३ करोड ७१ लाख, नेपाल बंग्लादेश बैंक ७ करोड १९ लाखको कारोवार गरे ।

नेप्से परिसुचक हिजो १९ अंकले बढ्दा २ अर्ब भन्दा माथिको कारोवार भएको थियो ।