Thaha

Thursday 25 April - 12:33 pm NST

घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा


काठमाण्डौँ, साउन १९ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । थाहा सञ्चार नेटवर्कसंग कुराकानी गर्दै कोषका प्रमूख प्रशासक कृष्णप्रसाद आचार्यले सञ्चयकर्तालाई कर्मचारीको तह अनुसार कम्तीमा ३१ लाख ५ सय देखि १ करोड रुपैयाँसम्म घर निर्माणका लागि कर्जा दिने योजना ल्याएको जानकारी दिनुभयो । यो रकमको व्याज बार्षिक साढे ८ प्रतिशत रहनेछ । भुकम्प प्रभावित सञ्चयकर्तालाई भने सवा सात प्रतिशत ब्याजमै घर निर्माण कर्जा उपलब्ध गराउने कोषको योजना छ । यसै महिनाबाट शुरु हुने योजना अन्तर्गत कर्जा स्ुविधा कोषको सञ्चयकर्ता रहेका निजी क्षेत्रका कर्मचारीले पनि पाउनेछन । १० बर्षको तलव बराबर घर कर्जा दिइँदै आएकोमा कोषले यो वर्षबाट बढाएर १५ बर्ष पु¥याएको छ ।  यो सँगै अब अधिकृतस्तरको सरकारी कर्मचारीले घर निर्माण गर्नका लागि ५६ लाख ६७ हजार ८ सय ४० रुपैयाँ ऋण पाउने छन् । बढिमा २० बर्षसम्म पाइने कर्जा अवकाश हुनुअघि भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । कोषले भुकम्प तथा अन्य कारणले क्षति पुगेका घर मर्मत संभार, कम्पाउन्ड वाल निर्माण तथा आन्तरिक सजावटका लागि समेत ऋण दिने योजना ल्याएको छ । यसको ब्याज दर ८ दशमलव २५ प्रतिशत छ । यस्तो कर्जा पाँच बर्षको तलव वरावर वा वढीमा २५ लाख रुपैयाँसम्म पाइने छ । कर्मचारी सन्चय कोषमा कुल पाँच लाख २५ हजार सञ्चयकर्ता छन् । यसमध्ये एक लाख २५ हजार निजी क्षेत्रका कर्मचारीहरु छन् ।