Thaha

Sunday 28 April - 2:21 am NST

सत्तारोहण चुनौतीपूर्ण अबसर ः प्रधानमन्त्री


काठमाडौं, साउन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दोश्रो पटकको सत्तारोहण चुनौतीपूर्ण अबसर भएको बताउनुभएको छ । गोरखा काठमाडौं जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अहिले संसदमा आफ्नो पार्टीको उपस्थिति तथा राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिका  कारण प्रधानमन्त्री पदको प्राप्ति जोखिमपूर्ण अवसर भएको बताउनुभएको हो । उहाँले  विगतमा सरकार चलाउँदा आफूबाट गल्ती भएको स्वीकार गर्दै अब त्यसबाट शिक्षा लिएर चुनौतीको सामना गर्ने बताउनुभयो । पार्टीमा एकता भएन भने चुनौती दुर्घटनातिर  जान सक्ने तर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले  जोखिम उठाउने बानी परेपनि कहिलेकाँही जोखिम पार गर्न नसकेर फस्ने सम्भावना  रहेको बताउनुभयो ।   आफू अब औपचारिक कार्यक्रम उद्घाटन र रिबन काट्ने कार्यक्रममा भन्दा नागरिकको काममा बढी सहभागी हुने उहाँको भनाई छ ।  प्रधानमन्त्री प्रचण्डले २०७४ माघभित्र संघ प्रदेश र स्थानीय निकायको चुनाव नगरेमा राजनीतिक षड्यन्त्रमा पर्ने खतरा रहेकाले सचेत भएर अघि बढ्नुपर्ने बताउनुभयो  । उहाँले भारत र चीनसँगको सम्बन्ध सन्तुलित ढंगले अघि बढाउने पनि बताउनुभयो ।