Thaha

Tuesday 16 April - 11:49 am NST

प्रधानमन्त्री प्रचण्डलाई उद्योगी व्यवसायीको बधाई


काठमाडौं, साउन २२ गते । उद्योगी व्यवसायीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । उद्योग वाणिज्य महासंघको नेतृत्वमा आज विहान बालुवाटार पुगेका उद्योगी व्यवसायीले प्रधानमन्त्रीलाई बधाई दिएका हुन् । बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न ईच्छुक रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीसंग थप छलफल गरेर आर्थिक क्षेत्रमा गुणात्मक प्रगति हासिल गरिने पनि बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसंगको भेटमा उद्योगी व्यवसायीले सरकारले नीजि  क्षेत्रसँग सहकार्य गर्ने अपेक्षा गर्दै नीजि क्षेत्रले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै प्रधानमन्त्री प्रचण्डलाई कृषि क्षेत्रका विज्ञ एवं कर्मचारीको टोलीले भेटी बधाई ज्ञापन गरेको छ । टोलीले आज बालुवाटारमा भेटी बधाई तथा शुभकामना दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र राष्टिय अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यस क्षेत्रको विकासका लागि विज्ञहरुको सुझावका आधारमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।