Thaha

Thursday 25 April - 1:52 pm NST

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भेटवार्ता


काठमाडौं, साउन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीच बिहान भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा सरकारका कामकारवाहीबारे छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । सरकारका कामलाई प्रभावकारी बनाउने र मधेशी मोर्चासँगको सहमति कार्यान्वयनका विषयमा पनि गम्भीर कुराकानी भएको उहाँले बताउनुभयो । भेटमा मन्त्रीपरिषद् बिस्तारबारे पनि दुई नेताबीच छलफल भएको बताइएको छ । भेटपछि देउवाले ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डसँगको छलफल उपलब्धीमुलक भएको उल्लेख गर्नुभएको छ ।