Thaha

Friday 19 April - 4:54 am NST

राजनीतिक भागबण्डामा प्रस्तावित राजदुतहरुको सुनुवाइ सुरु हुँदै


काठमाडौं, साउन २१ । संसदिय सुनुवाई विशेष समितीले आजदेखि राजनैतिक कोटाबाट प्रस्तावित राजदुतहरुको सुनुवाई थाल्ने भएको छ । परराष्ट्र सेवाबाट प्रस्तावित आठजनाको सुनुवाई सकिएसंगै आजबाट राजनैतिक भागवण्डामा प्रस्तावितहरुको सनुवाई गरिने भएको हो । आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने समितीको बैठकमा प्रस्तावित महेन्द्रबहादुर पाण्डे चीन, खड्ग केसी जापन, नारद भारद्धाज वाग्ले श्रीलंका, शिवमाया तुम्बाहाम्फे इजरायल र साउदी अरेबियाका लागि प्रस्तावित अलि अख्तर मिकरानीलाई सुनुवाईका लागि बोलाइएको छ । सरकार परिवर्तसंगै प्रस्तावित राजदुतको सुनुवाई रोकिने हो कि भन्ने आशंकाकाबिच समितिले राजनैतिक कोटाबाट प्रस्तावितहरुको सुनुवाइ थाल्न लागेको हो । केपी ओली नेतृत्वको सरकारले भागबण्डाका आधारमा एमालेले ६, माओवादी केन्द्रले ४, राप्रपा नेपालले ३, मधेसि जनअधिकार फोरम लोकतान्त्रिकको कोटामामा १ जना गरी १४ जनाको नाम सिफारिस गरेको थियो । समितीले परराष्ट्र सेवाबाट प्रस्तावित ८ तीन दिन लगाएर सुनुवाई गरेको थियो ।