Thaha

Thursday 14 August - 11:20 pm NST

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठक

काठमाण्डौं, साउन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गरीब र भूकम्प पीडितलाई लक्षित गरी महत्वपूर्ण निर्णय गरेको छ ।

प्रचण्ड सरकारको पहिलो बैठकले चार बूँदे निर्णय गर्दै गरीब घर परिवारको पहिचान कार्य सकेर उनीहरुको जीवन स्तर उकास्न गरीबका लागि सरकार विशेष अभियान चलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो । अभियानका क्रममा गरीब घर परिवारको आय आर्जन, स्वास्थ्य शिक्षा, तालिम र रोजगारीमा ध्यान दिईनेछ ।

त्यस्तै सरकारले भूकम्प पीडित ३१ जिल्लाका ५ लाख ३३ हजार पीडितलाई पहिलो किस्ताको रकम ४५ दिन भित्र भुक्तान गरिसक्ने निर्णय गरेको छ । सरकारले चिकित्सक नभएका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिना भित्र चिकित्सक पठाउने र जिल्ला तथा त्यो भन्दा माथिल्ला अस्पतालमा औषधि कक्ष संचालन गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाल भरिका दलित र कर्णाली अञ्चलका शिशुको जन्म दर्ता समयमै गर्नेलाई एक हजार पुरस्कार दिने निर्णय पनि गरेको छ ।