Thaha

Saturday 20 April - 5:37 pm NST

प्रचण्ड नेतृत्वको नयाँ सरकारको टीम ।

काठमाण्डौं, साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । ६ सदस्यीय पमन्त्रिपरिषदमा दुई जना उपप्रधा तथा तीन जना मन्त्री छन । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका दुई र नेकपा माओवादी केन्द्रका तीन जना मन्त्री समेटेर मन्त्रिपरिषद गठन गर्नुभएको हो ।

थाहाखबर डटकम

मन्त्रिपरिषदमा नेपाली काँग्रेसका विमलेन्द्र निधि उपप्रधान सहित गृह र माओवादी केन्द्रका कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री सहित अर्थ मन्त्री बन्नुभएको छ । निधी प्रचण्डपछि मर्यादा क्रममा दोस्रोमा हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसका रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, माओवादी केन्द्रका दलजित श्रीपाईलीले युवा तथा खेलकुद र गौरीशंकर चौधरीले कृषि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

सरकारमा निधी, महरा र लेखक पुराना हुनुहन्छ भने श्रीपाईली र चौधरी पहिलो पटक मन्त्री बन्नुभएको हो । पटक पटक मन्त्री भएका महरा दोस्रो पटक उपप्रधानमन्त्री बन्नुभएको हो भने  यसअघि पटक पटक मन्त्री भएपनि निधी पहिलो पटक उपप्रधानमन्त्री बन्नुभयो । महरा रोल्पा १, निधि धनुषा ३, लेखक कञ्चनपुर ४ र चौधरी कैलाली ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । श्रीपाईली समानुपातिक सांसद् हुनुहुन्छ ।