Thaha

Wednesday 24 April - 10:37 pm NST

परराष्ट्र सेवाबाट राजदुत प्रस्तावित ८ जनाको संसदीय सुनुवाइ सम्पन्न


काठमाण्डौं, २० साउन । परराष्ट्र सेवाबाट प्रस्तावित आठ जना राजदुतको संसदीय सुनुवाई सकिएको छ । आज बाँकी एकजनाको सुनुवाई सकेसँगै परराष्ट्र सेवाबाट प्रस्तावित सबैको सुनुवाई सकिएको हो ।  सिंहदरबारमा आज बिहान बसेको संसदीय सुनुवाई विशेष समितीको बैठकले बेल्जियमका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाई गरेको हो । समितिले हिजो र अस्ति ७ जनाको सुनुवाई गरेको थियो । ८ जनाको सुनुवाई सकिएपनि राजदुतमा सिफारिस सबैको सुनुवाई सकेपछि मात्र नामा अनुमोदन गरिने समिति सदस्य अनिता कुमारी परियारले जानकारी दिनुभयो । भोली दिउँसो २ बजे बस्ने समितिको बैठकले राजनीतिक पृष्ठभूमिका १४ जना प्रस्तावित राजदूतको सुनुवाई सुरु गर्ने समिति सदस्य परियारले बताउनुभयो ।