Thaha

Monday 29 April - 4:07 am NST

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री बन्नुभएको छ । व्यवस्थापिका संसदमा आज भएको नयाँ प्रधानमन्त्रीको निर्वाचनमा उहाँको पक्षमा ३ सय ६३ मत र विपक्षमा २ सय १० मत परेको थियो । खसेको कुल ५ सय ७३ मतबाट बहुमत प्राप्त गर्दै प्रचण्ड दोस्रो पटक मुलुकको प्रधानमन्त्री बन्नुभयो ।

प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस भनी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रस्ताव पेश गर्नुभएको थियो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।

२०६५ साउन ३१ गते पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदा प्रचण्डले अहिलेका प्रस्तावक एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई नै पराजित गर्नुभएको थियो ।