Thaha

Thursday 25 April - 7:32 pm NST

राजदुतमा सिफारीस थप तीन जनाको सुनुवाई हुदैँ


काठमाण्डौँ, साउन १९ । संसदीय सुनुवाई विशेष समितिले विभिन्न मुलूकका लागि राजदुत सिफारीस थप तीन जनाको आज सुनुवाई गर्दैछ । सिंहदरबारमा बसिरहेको समिति बैठकमा परराष्ट्र सेवाबाट राजदूतमा सिफारिस भएका सहसचिव रमेशप्रसाद खनाल, झविन्द्रप्रसाद अर्याल र लोकबहादुर थापाको सुनुवाई गर्न लागिएको समिति सदस्य धर्मनाथ प्रसाद साहले जानकारी दिनुभयो । सरकारले खनाललाई जर्मनी, अर्याललाई इजिप्ट र थापालाई बेल्जियम र युरोपेली सङ्घका लागि राजदूतमा प्रस्ताव गरेको छ । समितिले हिजो परराष्ट्र सेवाबाट राजदूतमा सिफारीस सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, डाक्टर दुर्गाबहादुर सुवेदी र ऋषिराम घिमिरेको सुनुवाइ गरेको थियो । लम्साललाई पाकिस्तान, पोखरेललाई ब्राजिल, सुवेदीलाई संयुक्त राष्ट्र सङ्घको कार्यालय भियना, डा सुवेदीलाई बेलायत र घिमिरेलाई रुसी महासङ्घका लागि राजदूतमा प्रस्तावित गरिएको छ ।

परराष्ट्र सेवाबाट प्रस्तावित ८ जनाको सुनुवाई सकेपछि उनीहरुको नाम अनुमोदन गरेपछि राजनीतिक पृष्ठभूमिका १४ जना प्रस्तावित राजदूतको सुनुवाई गर्ने संसदीय सुनुवाई विशेष समितिले तयारी गरेको छ । विभिन्न देशका राजदूतमा सिफारिस २२ जना राजदूत विरुद्ध ९ वटा उजुुरी परेपनि एक जना मात्रै उजुरीकर्ता समितिमा छलफलका लागि आएका छन् ।