Thaha

Friday 26 April - 2:37 am NST

बजेट आश्रीत तीन विद्येयक अस्विकृत

काठमाण्डौं, साउन ७ । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित तीन वटा आश्रित विधेयक बहुमतले अस्वीकृत गरेको छ । सरकार छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा माओवादी केन्द्रले विधेयकका विपक्षमा मतदान गरेपछि विधेयक अस्वीकृत भएको हो । संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक २१ औं संशोधनलाई बहुमतले अस्वीकृत गरेको हो ।

विनियोजन विधेयक पास भइसकेको अवस्थामा बजेट आश्रित विधेयक अस्वीकृत भएको यो पहिलो पटक हो । आर्थिक विधेयक पारित नहुनुलाई सरकारको असफलता मानिन्छ । बजेट आश्रित विधेयक अस्वीकृत भएपनि सरकारलाई राजश्व संकलन र खर्च गर्न कुनै बाधा नरहेको अर्थमन्त्रालयले जनाएको छ ।

बजेटमा विनियोजन विधेयक पारित भइसकेको र आश्रित विधेयक अस्वीकृत हुँदा सामयिक ऐन २०१२ अनुसार ६ महिनासम्म राजश्व संकलन र खर्च गर्न कुनै बाधा नरहेको अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनालले बताउनु भयो । तर, राष्ट्र ऋृण उठाउने बिधेयक अस्वीकृत भएकाले खर्च गर्नका लागि आवश्यक ऋृण उठाउन पाइदैन । तर, पनि सरकारको कोषमा तत्कालका लागि खर्च गर्न पुग्ने रकम रहेकाले कुनै अप्ठ्यारो नहुने सचिव खनालले बताउनु भयो ।