Thaha

Wednesday 24 April - 10:35 am NST

एघार न्यायाधीशको सुनुवाई आइतबारदेखि

काठमाडौं, ३० असार । संसदीय सुनुवाई विशेष समितिले परमार्जित कार्यविधि पारित गरेको छ । 
समितिको बिहीबार बसेको बैठकले कार्यविधी परिमार्जनका लागि गठित तीन सदस्यीय कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको हो । समितिले प्रस्तावित न्यायाधीशहरुको सुनुवाई आइतबारदेखि शुरु गर्ने निर्णय पनि गरेको समिति सदस्य अनिता परियारले जानकारी दिनुभयो । बैठकमा बिहीबार उजुरीकर्ता टंक आचार्यसँग समितिका सदस्यहरुले छलफल गरेका छन् । आचार्यले न्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्की र सपना मल्ल प्रधानविरुद्ध उजुरी हाल्नुभएको थियो । सिफारिस ११ जनाविरुद्ध जम्मा तीनवटा उजुरी परेकामध्ये एउटा वेनामे रहेकाले एकजनासँग मात्रै छलफल गरिएको परियारले बताउनुभयो । उहाँका अनुसार आइतबार र सोमबार दुई दिनमा न्यायाधीशहरुको सुनुवाई सकेर राजदुतहरुको सुनुवाई सुरु गर्ने समितिको तयारी छ । 
तर, सरकार परिवर्तनको प्रकृया शुरुभएसँगै विभिन्न देशका लागि सिफारिसमा परेका राजदूतको सुनुवाई हुने÷नहुने अन्योल भएको  छ ।