Thaha

Monday 29 April - 5:02 am NST

हवाई इन्धनको भाउ घट्यो

काठमाडौं, १७ असार । नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटाएको छ । शुक्रबार रातिदेखि लागू हुने गरी निगमले आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । यसअघि १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मूल्य अब ९९ रुपैयाँमा झरेको छ । अहिले काठमाडौंमा पेट्रोल लिटरको ९९ रुपैयाँमै कारोबार भइरहेको छ । यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलरले घटेको छ ।