Thaha

Friday 03 May - 4:18 pm NST

दलहरुबीच सहमति नभएपछि संसद बैठक तीनघन्टाका लागि स्थगित


काठमाण्डौं, १५ असार  । भूकम्प पीडितलाई दिने राहतका बिषयमा दलहरुबीच सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक तीन घण्टाका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी २ बजेसम्मका लागि स्थगित गरिएको हो । दुई किस्तामा राहत रकम उपलब्ध गराउने विषयमा दलहरुबीच सहमति भएपनि दाताहरुसँगको परामर्श पछि मात्रै प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने सत्ता पक्षको अडान छ । प्रमुख बिपक्षी काँग्रेसले भने तत्काल प्रधानमन्त्रीले सहमति अनुसार संसदमा सम्बोधन गर्नुपर्ने माग गरेको छ । प्रधानमन्त्री लगायत सत्ता पक्षीय नेताहरुले आज विश्व बैंकका प्रतिनिधिसँग परामर्श गरेपछि मात्रै कार्यविधि परिवर्तन गर्ने र सोही अनुसार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने सरकारको तयारी छ ।

चारदलीय कार्यदल र शीर्ष नेताहरुको हिजो बसेको बैठकले दुई लाख मध्ये एक लाख पचास हजार र पचास हजार गरी दुई किस्तामा राहत रकम दिने सहमति गरेको थियो ।  भूकम्प पीडितलाई तत्काल एकमुष्ठ राहत उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगातार सदनको कारबाही अवरुद्ध गर्दै आएको छ ।