Thaha

Thursday 25 April - 10:38 am NST

सुन एकै दिन प्रतितोला ३ हजार रुपैंयाले बढ्यो

काठमाण्डौं, असार १० । बेलायत यूरोपेली युनीयन ईयू बाट अलग्गिने निश्चित भएसँगै नेपालको सुनचाँदी बजार प्रभावित भएको छ । सुन आज एकै दिन ३ हजार रुपैंयाले बढेको छ । हिजो प्रतितोला ५६ हजार रुपैंया रहेको छापावाल सुन ५९ हजार रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासँघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार नेपाली बजारमा एकै दिन यत्ति धेरै भाउ बढेको यो पहिलो पटक हो । यसअघि एक दिनमा २५ सय रुपैंयासम्म बढेको रेकर्ड थियो । हिजो ५५ हजार ७ सय ५० रुपैंया प्रतितोला रहेको तेजावी सुनको मूल्य ५८ हजार ७ सय ५० पुगेको छ भने चाँदीको भाउपनि ४० रुपैंयाले बढेर ८ सय २० रुपैंया पुगेको छ ।

बेलायत ईयूबाट हट्ने भएपछि अन्तराष्ट्रिय बजारमा देखिएको हलचलले नेपाली बजारलाई समेत प्रभाव पारेको अध्यक्ष शाक्यले बताउनुभयो । अन्तराष्ट्रिय बजारमा हिजो प्रतिऔंस १२ सय ६३ दशमलव ५० रहेकोमा आज बजार खुल्दा १३ सय ३६ दशमलव ८० डलर प्रतिऔंस पुगेको थियो । त्यही आधारमा आजको मूल्य निर्धारण गरिएको र आज दिउँसो सवा १ बजेदेखी फेरी अन्तराष्ट्रिय बजारको भाउ प्रतिऔंस १३ सय ३६ बाट १३ सय २३ मा ओर्लेको छ ।

यद्धपी नेपाली बजारमा सुनको भाउ आजका लागि ५९ हजार नै कायम रहने र भोलीको भाउ घट्ने सम्भावना भएपनि अमेरीकि बजार खुलेपछि त्यसले निर्धारण गर्नेछ । गतवर्षको भुकम्पपछी थलिएको बजार अप्सिजनको महिना चलिरहेकाले सुस्ताएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले देशभर दैनिक १० किलोमात्र सुन खपत भईरहेको छ ।