Thaha

Friday 03 May - 12:18 pm NST

प्रस्तावित न्यायाधीश र राजदूतको सुनुवाई प्रकृया सुरु

काठमाण्डौं, असार ९ । प्रस्तावित न्यायाधीश र राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु भएको  छ । संसदीय सुनुवाई विशेष समितिले आजदेखि सुनुवाई प्रक्रिया सुरु गरेको हो । समितिले प्रस्तावित न्यायाधीश र राजदूतहरुविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितीको आज बसेको बैठकले सार्वजनिक सुचना प्रकाशित गर्ने र उजुरी दिन १० दिनको समय दिने निर्णय गरेको समिति सदस्य एवं नेकपा एमाले सांसद गणेशमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २० गतेदेखी प्रस्तावित प्रधानन्यायाधीश सुशीला कार्कीसँगै सर्वोच्च अदालतका ११ प्रस्तावित न्यायाधीश र २१ राजदूतको सुनुवाई हुनेछ ।

समितिको बैठकले कांग्रेसका सांसद आनन्दप्रसाद ढुँगाना, एमालेका गणेशमान गुरुङ र माओवादी केन्द्रकी अनिता परियार रहेको कार्यदलले तयार पारेको कार्यविधि परिमार्जनसहित पारित गरेको छ । संविधानको धारा ४२ को भावना समावेश गर्दै संवैधानिक अंगहरुमा हुने नियुक्तीलाई समानुपातिक समावेशी बनाउनुपर्नेमा कार्यविधिमा जोड दिईएको गुरुङले बताउनुभयो ।