Thaha

Friday 03 May - 4:48 pm NST

सरकारले काबुल आक्रमणमा मारीएकाको परिवारलाई १० लाख रुपैंया दिने

काठमाण्डौं, असार ९ । सरकारले अफगानिस्तानमा आतंककारी आक्रमणबाट मारिएका मृतकका परिवारलाइ १० लाख रुपैयाँ दिने भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिरिषद् बैठकले मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

मन्त्री परिषद् बैठकले तत्कालका लागि लिविया, सिरिया, अफगानिस्तान र इराकमा नेपाली कामदार पठाउन रोक लगाउने निर्णय गरेको मन्त्रिपरिषद् श्रोतले थाहा संचार नेटवर्कलाई जानकारी दिएको छ । यि देशमा सुरक्षा खतरा औल्याउँदै तत्कालका लागि नेपाली कामदार जान नपाउने निर्णय गरेको हो ।

यस्तैगरी  मन्त्रिरिषद् बैठकले लगानी बोर्डको कार्यकारी अधिकृत सिईओमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघिका सिईओ राधेश पन्तको कार्यकाल सकिएपछि लगानीबोर्डमा सिईओ पद रिक्त थियो ।