Thaha

Sunday 05 May - 10:16 am NST

वीरगन्जबाट ८ जना चिकित्सक पक्राउ


काठमाण्डौं, असार ३ गते । प्रहरीले वीरगन्जबाट ८ जना चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको काठमाण्डौंबाट गएको टोलीले नारायणी उपक्षेत्री अस्पतालका तीन, नेशनल मेडिकल कलेजका तीन, र अन्य निजी अस्पतालमा कार्यरत गरी आठ जना चिकित्सकलाई पक्रेको हो । नक्कली सर्टिफिकेटको आशंकामा प्रहरीले उनीहरुलाई पक्रेको हो । तर सीआईबीले यसबारे थप केही प्रष्ट्याएको छैन । पक्राउ पर्नेमा नेश्नल मेडीकल क्लेज वीरगन्जका डा.निमेश रमन पाल, डा. ईरसादुल हक र डा. महम्मद रहुल्लाहा, नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जका डा. सरोज सिंह, डा. कुशराज गिरी र डा. पनालाल पटेल रहेका छन् । यस्तैगरी निजी क्निलकका २ जना डा.दिनेश साह र डा. अरुण कुमार गुप्ता लाई समेत पक्राउ गरीएको छ । यसैवीच चिकित्सक पक्राउको विरोधमा वीरगन्जमा चिकित्सकले प्रदर्शन गरेका छन् ।