Thaha

Sunday 05 May - 1:54 am NST

सरकार सस्तो लोकप्रियतामा अघि बढेको देउवाको टिप्पणी जनजीविकाका सवाललाई सम्बोधन नगरेको आरोप


काठमाण्डौं, असार ३ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सस्तो लोकप्रियता प्राप्तिको दिशामा क्रियाशील देखिएको टिप्पणी गर्नुभएको छ । नेपालगन्ज विमानस्थलमा आज बिहान पत्रकारसँग कुरा गर्दै सभापति देउवाले भूकप्प प्रभावितको पुनःस्थापना, मधेस आन्दोलन र गर्न जनजीविकालाई सरकारले सम्बोधन नसकेको आरोप लगाउनुभयो । जनताको परिवर्तनप्रतिको चाहना र भावना बुझेर सरकारले काम गर्नुपर्ने सुझाव दिँदै सभापति देउवाले संविधानको कार्यान्वयनमा आफ्नो दल सधैँ एक पाइला अघि रहने दाबी गर्नुभयो । यस्तैगरी प्रेस युनियन बाँकेले गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारमा आफ्नो पार्टी नजाने स्पष्ट पार्नुभयो । “काँग्रेसको पहिलो प्राथमिकता संविधानको सफल कार्यान्वयन भएकाले सरकारमा जान हामीलाई हतार छैन” उहाँले भन्नुभयो ।

सरकारले भनेजस्तो स्थानीय निकायको संरचनासम्बन्धी चुनाव सम्भव नरहेको देउवाको भनाई छ । सरकारले मङ्सिरमा चुनाव गरायो भने काँग्रेस निर्वाचनमा सहभागी हुन्छ कि हुँदैन ? भनी पत्रकारले सोधेको प्रश्नमा सभापति देउवाले भन्नुभयो—‘कि सरकारले निर्वाचनसम्बन्धी आयोग खारेज गर्नु प¥यो कि निर्वाचनको मिति सार्नु प¥यो, अनि मात्र चुनावको औचित्य पुष्टि हुन्छ ।’ स्थानीय निकाय, प्रदेश र राष्ट्रिय निर्वाचन भएमात्र संविधानको सफल कार्यान्वयन सम्भव हुने बताउनुभयो ।