Thaha

Sunday 05 May - 9:15 am NST

एमालेको कर्मचारी संगठनमा कुटाकुट आधिकारिक ट्रेड यूनियनको नेतृत्वमा जाने विषयमा विवाद


काठमाण्डौं, असार ३ गते । आधिकारिक ट्रेड युनियनको नेतृको जाने भन्ने विवाद बढेपछि एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनभित्र कुटाकुट भएको छ । आधिकारिक ट्रेड युनियनमा पदाधिकारी र सदस्य बनेर जान चाहने आकांक्षीको संख्या बढेपछि विवाद चर्केर कुटपीटसम्म पुगेको हो । बबरमहलमा रहेको कार्यालयमा बसेको केही केन्द्रीय प्रतिनिधिहरुले संगठनका अध्यक्ष पुण्य प्रसाद ढकालमाथि हातपात गरेका उपाध्यक्ष केदार देवकोटाले बताउनुभयो । अध्यक्ष ढकाललाई जोगाउने क्रममा संगठनका सचिव गंगाबहादुर सुनुवारको हात फ्याक्चर भएको  देवकोटाले बताउनुभयो । विवाद र कुटाकुट भएपछि प्रतिनिधि छनौट गर्न बोलाएको बैठक स्थगित भएको छ । पेशागत महासंघको बैठकका लागि तीन बजेसम्म बैठक स्थगित गर्न ढकालले गरेको प्रस्ताव भोला पोखरेल पक्षले अस्वीकार गर्दै ढकाललाई ढोका थुनेर कुटपीट गरेको ढकाल पक्षको आरोप छ । पोखरेल पक्षले भने कुटपीट नगरेको र गलत प्रचार गरेको आरोप लगाएको छ ।

आधिकारिक ट्रेड युनियनमा एमालेनिकट संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सहित ११ जना प्रतिनिधि पठाउनुपर्नेछ ।अध्यक्षका लागि पुण्य ढकाल, लक्ष्मण खड्का र भोला पोखरेलको दावी छ । नेपाली काँग्रेस निकट कर्मचारी यूनियन संघले महासचिवमा सुवोधकुमार देवकोटा सहित सबै ६ जनाको नाम पठाइसकेको छ । यसैबीच नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनले भने आफूहरुले पाउने उपाध्यक्ष पद खोसेर सचिव पद दिइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ ।