Thaha

Sunday 05 May - 11:41 am NST

जनमोर्चाको पहिलो चरणको आन्दोलन सुरु

काठमाण्डौं, असार २ । सत्तारुढ राष्ट्रिय जनमोर्चाले संघीयताका कारण मुलुक विखण्डनको दिशातर्फ लगेको भन्दै आजदेखि आन्दोलन थालेको छ । जनमोर्चा नेपालकी नेतृ दुर्गा पौडेलका अनुसार आजदेखि पहिलो चरणको आन्दोलन अन्तरगत जिल्लास्तरमा सभा, कोणसभा, भित्तेलेखन लगायतका कार्यक्रम संचालन गरिने छ ।

त्यसपछि संघीयता, महँगी, कालोबजारी र भ्रष्टाचारको विरुद्धमा देशभर ठूला सभाहरु र अन्तरक्रिया गर्ने तयारी जनमोर्चाले गरेको छ । सङ्घीयताको आडमा आएको जातीय राज्य, एक मधेस एक प्रदेश, बहुराष्ट्रवाद, पहिचानको आधारमा प्रदेशको सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र लगायतले देशलाई विखण्डनको बाटोमा लैजाने जनमोर्चाको निष्कर्ष छ ।

जनमोर्चाले साउन २ गतेदेखि श्रावण मसान्तसम्म देशका प्रमुख स्थान र सदरमुकाममा राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक अन्र्तक्रिया गर्ने जनाएको छ ।