Thaha

Sunday 05 May - 8:09 am NST

संसद अवरोध गर्ने कांग्रेसको तयारी

काठमाण्डौं, जेठ ३२ । सरकारले भुकम्पपीडितको राहत, पुननिर्माण लगायत विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गर्ने तयारी गरेको छ । पुननिर्माणलाई एनजिओकरण गरेको, नेकपा एमाले भर्तीकेन्द्र बनाएकोजस्ता आरोप लगाउँदै सदन अवरोधको तयारी गरिएको हो ।

भुकम्पप्रभावित जिल्लाका सभापति र सांसदहरुको संयुक्त बैठकमा पीडितलाई एकमुष्ट राहत र बिना भेदभावले राहत दिन सरकारसँग माग गर्दै संसदमा सशक्त आवाज उठाउने विषयमा छलफल भइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो । संसद बैठक भोलि बस्दैछ । कांग्रेसले अवरोध गरेमा लामो समयदेखि विवाद रहेको संसद नियमावलीलाई प्रक्रियामा लैजाने विषय पनि प्रभावित हुनेछ ।

भुकम्पपीडितले कष्टकर जीवन बिताउँदा सरकारले पक्षपातपूर्ण ढंगले राहत वितरण गरेको, पुननिर्माण प्राधिकरणको काम एकदमै सुस्त भन्दै कांग्रेसले आपत्ति जनाएको छ । पीडितलाई निजी घर बनाउन सरकारले दिने भनेको दुई लाख एकमुष्ट रुपमा दिनुपर्ने कांग्रेस सांसदहरुको जोड छ । सिन्धुपाल्चोकका सांसद मोहनबहादुर बस्नेतले अनुदान स्वरुपको दुई लाख एकमुष्ट दिनुपर्ने, सहुलित ब्याजमा दिने भनेको ३ लाखको विषयमा के भइरहेको छ भन्नेबारे आफ्नो पार्टीले संसदमा आवाज उठाउने थाहा सञ्चार नेटवर्कसँग बताउनुभयो ।