Thaha

Saturday 22 August - 11:12 am NST

दोरम्बा हत्याकाण्डका पिडितद्धारा आयोगमा उजुरी दर्ता



काठमाडौं, २७ जेठ । 
दोराम्बा हत्याकाण्डका पिडितहरुले आज सत्य निरुपण तथा मेलमिलाप आयोगमा सामुहिक उजुरी दिएका छन् । सशस्त्र जनयुद्धका क्रममा रामेछापको दोरम्बामा तत्कालिन शाहि सेनाद्धरा मारिएका १५ जनाको परिवारले आज आयोगको कार्यलय बबरमहलमा सामुहिक रुपमा आएर उजुरि दिएका हुन् । आयोगले जिल्लाको शान्ति समिती मार्फत उजुरी दर्ता गर्ने ब्यवस्था गरेपनि अन्तराष्ट्रि रुपमा समेत ठुलो मानिएको घट्नाको सत्यतथ्य र स्वतन्त्र छानविन हुनुपर्ने भन्दै उनिहरु गाउँबाट आएका हुन् ।

आयोगका सदस्यहरु लिला उदासि खनाल र श्रीकृष्ण सुवेदीलाई भेटर आफुहरुले घट्नाको कुनै दवाव र प्रभावमा नपरी स्वतन्त्र छानविन गर्न आग्रह गरिएको घट्नामा मारिएका तत्कालिन माओवादी जिल्ला जनसरकार प्रमुख बाबुराम लामाको छोरी संगिता योन्जनले थाहा सन्चार नेटवर्कलाई जानकारी दिनुभयो । सोनाद्धारा मारिएका बाबुराम लामाको छोरी संगिता, ललिता दाहालको श्रीमान हरि दाहाल, प्रदिव दोङको बुबा कृष्ण तामाङ लगायतले ब्यक्तिगत उजुरी दर्ता गराएपछि आयोगका पदाधिकारीसंग सामुहिक छलफल तथा अनुरोध गरेको तामाङ राष्ट्रिय मुक्ति मोर्चाका नेता टंकलाल घिसिङले जानकारी दिनुभयो ।

पिडित परिवारले दोरम्बा घट्ना जस्तो गम्भिर मानवअधिकार उलंघनको घट्नालाई आयोगले छुटटै रुपमा छानविन गर्न माग गरेका छन् । तत्कालिन माओवादी र सरकारबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते  दोरम्बामा माओवादी जनसरकार प्रमुख वावुराम लामा सहित २१ जनालाई सेनाले हत्या गरेको थियो ।