Thaha

Saturday 21 September - 11:17 am NST

मन्त्रीपरिषद निर्णय ।

काठमाण्डौं, जेठ २५ । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको चीन भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले पासाङको पर्सी २८ गतेदेखि असार २ सम्म हुने चीन भ्रमणलाई स्वीकृति दिएको हो ।

बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत, सचिवहरुको सरुवा र जनआन्दोलनका घाइते झापाकी सिन्धु उप्रेतीलाई १६ लाख ५६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो । 

यस्तै, बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य सेवाको हेल्थ इन्स्पेक्सन समूह अधिकृत ११ औं तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा गरेको छ ।