Thaha

Wednesday 24 April - 6:58 am NST

प्रथम विश्व किसान सम्मेलन काठमाडौंमा

काठमाडौं, २१ जेठ । काठमाडौंमा आजदेखि प्रथम विश्व किसान सम्मेलन शुरु हुदैछ । ‘कृषिका सबै क्षेत्रहरुमा साम्राज्यवादको नवउदारवादी नीतिहरु विरुद्ध संघर्ष गरौं !’ भन्ने नारासहित हुन लागेको सम्मेलनको दिउँसो २ बजे पशुपतिको वनकालीमा रहेको स्मृति भवनमा उपप्रधान तथा सहकारी विकास मन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि भृकुटीमण्डपबाट कृषि झाँकिसहितको र्याली निकालिने आयोजक अखिल नेपाल किसान संघका अध्यक्ष भैरवराज रेग्मिले थाहा सन्चार नेटवर्कलाई जानकारी दिनुभयो । उहाँका अनुसार भृकुटीमण्डपबाट शुरु हुने र्याली पुतलिसडक, ज्ञानेश्वर, रातोपुल हुदै पशुपती वनकाली पुग्नेछ । २३ गतेसम्म चल्ने सम्मेलनको  नेपाल, भारत र बंगलदेशको संयुक्त आयोजना तथा नेपालको संयोजनमा हुन लागेको हो ।

सम्मेलनको दोस्रो दिन भोलि नवउदारवादी नितीले कृषि क्षेत्रमा पारेको असरका विषयमा नेपालसहित विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, जर्मनलगायत देशका कृषक संगठनका प्रतिनीधि तथा विज्ञ सहभागि हुने सम्मेलन पर्सि काठमाडौं घोषणापत्र जारी गर्दै सकिनेछ ।