Thaha

Friday 31 January - 3:43 am NST

माओवादी केन्द्रमा १ हजार ९९ जनाको जम्बो महाधिवेसन आयोजक समिती


काठमाडौं, २० गते । 
नेकपा माओवादी केन्द्रले १ हजार ९९ सयजनाको महाधिवशेन आयोजक समिति बनाएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको पोलिटव्यूरो बैठकले १ हजार ९९ जनाको महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको हो । प्रवक्ता पम्फा भुषालले कार्यदलको सिफारिस र केन्द्रीय कार्यालयको छलफलका आधारमा महाधिवेशन आयोजक समितिको टुंगो लगाएको जानकारी दिनुभयो । उहाँका अनुसारअहिले ९ सय ९९ सय पद पुर्ति गरिएको र १ सय जना रिक्त राखिएको छ । यस्तै माओवादी केन्द्रले २ सय ५५ जनाको पोलिटब्युरो र ८५ जनाको सचिवालय बनाएको छ । 

हिजो बसेको माओवादी हेडक्वार्टर बैठकले सचिवालय र पोलिटव्यूरोको टुंगो लगाएको थियो । त्यस्तै, बैठकले प्रदेशस्तर हुँदै पार्टी एकतालाई स्थानीय तहसम्म लैजाने निष्कर्ष निकालेको प्रवक्ता भुषालले बताउनुभयो । जेठ ६ गते एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी, मातृका यादव, मणि थापा लगायत १० वटा घटकसँग एकता गरेपछि बनेको माओवादी केन्द्रले यही वर्षको अन्त्यसम्ममा महाधिवेशन गर्ने बताएको छ ।