Thaha

Saturday 21 September - 11:33 am NST

पत्रकार महासंघ सल्यानका अध्यक्ष शर्माको निधन


काठमाडौं, २० जेठ । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष शालिकराम शर्माको आज विहान निधन भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहान ४ बजे ५२ वर्षीय शर्माको निधन भएको हो । उहाँ रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।  बिहान साढे ८ बजे अन्तिम संस्कार गरिने भनिएको छोरी काठमाण्डौ आउँदै गरेकोले ढिलाई भएको हो ।  नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष, सामुदायिक रेडियो प्रसारक संघका लेखासमिति सदस्य, रेडियो शारदा एफएमका अध्यक्ष, सल्यानी सन्देश राष्ट्रिय साप्ताहिकका सम्पादक हुनुहुन्थ्यो । दुई दशक देखि दाङ्ग र सल्यानमा रहेर पत्रकारिता गरेकाले शर्मा नयाँ युगवोध राष्ट्रिय दैनिक,गोरखा पत्र, रेडियो नेपाल, कान्तिपुर, दृष्टि,लगायतका राष्ट्रिय एव्म स्थानीय पत्रपत्रिका काम गरिसक्नुभएको छ । शर्माका श्रीमती, तीन छोरी छन् । नेपाल पत्रका महासंघका अध्यक्ष महेन्द्र बिष्ट, महासचिव उजिर मगर, सल्यानका सांसद प्रकाश ज्वाला, एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल लगायतले आर्यघाट पुगेर शर्मालाई श्रद्धाञ्जली दिनुभयो । यसैबीच सामुदायिक रेडियो प्रसारक संघ अको¥यावका महासचिव गोविन्द देवकोटाले प्रेस विज्ञप्ती निकालेर शर्माको निधनप्रति दुख व्यक्त गर्नुभएको छ ।