Thaha

Friday 31 January - 3:23 am NST

सरकार फेर्न भारतीय दूतहरुले चलखेल शुरु गरेको बिजुक्छेंको आरोप


काठमाडौं, २० जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले सरकार परिवर्तनका लागि भारतीय दूतहरुको चलखेल शुरु भएको बताउनु भएको छ । बिहान आफ्नै निवास भक्तपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै बिजुक्छेले सरकार परिवर्तनका लागि भारतीय दूतहरुको चलखेल शुरु भएको दावी गर्नुभएको हो । सरकार परिवर्तनको कुरा अहिले नागरिकले सुन्न नचाहेको बताउँदै उहाँले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको टिप्पणी गर्नुभयो । सरकार परिवर्तनको कुरा आउँदासाथ विदेशी चलखेल बढ्ने दावी उहाँको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुपर्ने र त्यसकालागि नेपाली काँग्रेस र मधेसवादी दल समेत सरकारमा आउनु पर्नेमा बिजुक्छेले जोड दिनुभयो । उहाँले स्थानीय निकायको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न तत्काल निर्वाचन सम्बन्धी विधेयक ल्याएर पारित गर्नुपर्ने बताउनु भयो ।