Thaha

Saturday 21 September - 11:38 am NST

निजामति कर्मचारीमा एमाले निकट संगठन पहिलो


काठमाडौं, २० जेठ । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनावमा एमाले निकट निजामति कर्मचारी संगठन पहिलो भएको छ । एमाले निकटको संगठनले विभाग र जिल्ला गरी ८० वटामा जित हासिल गर्दै पहिलो भएको छ । योसँगै एमालेको संगठनले ट्रेड यूनियनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पाउने छ । मुलुककै सबैभन्दा ठूलो दल नेपाली काँग्रेस निकट नेपाल कर्मचारी यूनियनले २७ वटामा जित हासिल गर्दै दोस्रो भएको छ ।  उसले महासचिव पाउनेछ । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले केन्द्रीय समितिमा उपाध्यक्ष पाउनेछ ।  मधेशी कर्मचारी मन्चले ७ र नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले २ ठाउँमा जितेपनि माओवादी निकट कर्मचारी संगठनले कुल मत धेरै पाएकोले केन्द्रीय समितिमा उपाध्यक्ष पाउने पक्का भएको हो । तर सात ठाउँमा पहिलो भएपनि मधेशी कर्मचारी मञ्चले थ्रेस होल्ड कटाउन सकेन । आधिकारिक परिणाम भने बेलुकीसम्म घोषणा गरिनेछ । आधिकारिक घोषणापछि पदको बाँडफाँड हुनेछ । कुल प्राप्त मतका आधारमा पदको बाँडफाँड हुनेछ । कर्मचारी यूनियनका नाममा बेथिती बढ्दै गएपछि सरकारले पहिलो पटक आधिकारिक ट्रेड यूनियनको चुनाव गराएको हो ।