Thaha

Tuesday 07 April - 12:24 am NST

आगामी आर्थिक बर्षको बजेट आज सार्वजानिक हुदै


काठमाडौं, १५ जेठ ।
सरकारले आगामी आर्थिक बर्ष २०७३/०७४ को अनुमानित आय व्यय विवरण बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री बिष्णु पौडेलले दिउँसो ४ बजे व्यवस्थापिका संसदमा बजेट पेश गर्ने कार्यक्रम छ । त्यसअघि बजेट पारित गर्नका लागि दिउँसो साढे २ बजे सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दैछ ।

राष्ट्रिय योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ दिएपनि सरकारले झण्डै साढे १० खर्बकोे बजेट ल्याउने तयारी गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । आयोगको सिलिङभित्र रहेर बजेट ल्याउँदा जनताका आकांक्षा समेट्न नसकिने निस्कर्ष निकाल्दै अर्थ मन्त्रालयले सिलिङ नाघेर बजेट ल्याउन लागेको हो । बजेटलाई  आर्थिक विकासमा केन्द्रित गरिएको अर्थमन्त्री पौडेलको दावी छ । उहाँका अनुसार बजेटले पूननिर्माण र पूर्वाधार विकासमा जोड दिनेछ ।

बजेटमा नागरिकको स्वास्थ्य वीमा, सामाजिक सुरक्षा भत्ता वृद्धि, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, कर्मचारीको तलब वृद्धि, एक घर, एक रोजगारी, किसानलाई पेन्सन, ठूला आयोजनामा धेरै बजेट, एक प्रदेश एक जलाशय विद्युत आयोजनाका लागि रकम छुट्याइएको स्रोतले जनाएको छ । यस्तै सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कोष दुवैको रकम वृद्धि गरिनेछ । बजेट भाषणको दिउँसो ४ बजेपछि रेडियो थाहा संचारले प्रत्यक्ष प्रशारण गर्नेछ ।