Thaha

Saturday 18 May - 9:21 pm NST

गोलभेँडामा किरा लाग्दा किसानलाई नोक्सान


काठमाडौं, १४ जेठ । गोलभेंडामा रोगकिराको समस्या देखिएपछि यो वर्ष किसानले नोक्सानी ब्योहोर्नु परेको छ । सानो र ठूलो दुवै खाले गोलभेंडामा किरा लागेर कुहिंदा नोक्सानी भएको उनीहरुले बताएका छन् । गोलभेंडामा एकखालको पुतलीको संक्रमण हुने र भित्रै सम्म कुहिंदै जाने गरेकाले बजार सम्म पु¥याउनै नसकिएको उनीहरुको भनाई छ । काठमाण्डुको कालिमाटी तरकारी बजारमा केहीदिन यता भित्रिएको गोलभेंडा मध्ये ९० प्रतिशत गोलभेंडा किरा लागेको अवस्थाका रहेको बिक्रेताहरुले बताएका छन् । नकुहिएको १० प्रतिशतको भने भाउ भने राम्रै पाएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य भगवानचन्द्र उप्रेतीले बताउनुभयो । अहिले काठमाण्डुमा भारतबाट आयात गरिएको तथा काभ्रेको पाँचखाल, राम्चे, नाला, धादिङ्ग, नुवाकोट र काठमाण्डुकै टनेलको गोलभेंडा बिक्री हुने गरेको छ । दैनिक झण्डै डेढसय मेट्रिक टन गोलभेंडा भित्रिने गरेकोमा धेरैजसो भारतीय गोलभेंडा रहेको उप्रेतीले जानकारी दिनुभयो ।