Thaha

Saturday 18 May - 9:57 pm NST

आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि गुजरात र हैदरावाद भिड्ने


काठमाडौं, १४ जेठ । ईन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोश्रो क्वालिफायर खेल आज हुँदैछ । फाईनल प्रवेशका लागि गुजरात लायन्स र सनराईजर्स हैदराबाद भिड्नेछन् । खेल बेलुका सवा ८ बजे दिल्लीको फिरोज शाह कोटला मैदानमा हुनेछ । पहिलो क्वालिफायरमा गुजरात रोयल च्यालेन्जर्स बेंगलोर संग पराजित भएको थियो । हैदराबादले ईलिमिनेटर खेलमा कोलकाता नाईट राईडर्सलाई हराएको थियो । आजको बिजेताले उपाधीका लागि पर्सी आईतबार बेंगलोरको सामना गर्नेछ ।