Thaha

Saturday 18 May - 10:43 pm NST

संघीय गठबन्धनको बैठक आज


काठमाडौं, १४ जेठ । जारी आन्दोलनको समीक्षा र भावी कार्यक्रमबारे छलफल गर्न संघीय गठबन्धनको बैठक बस्दैछ । संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा केहीबेरमा बस्ने बैठकमा अर्काे चरणको आन्दोलनका कार्यक्रमबारे पनि छलफल हुने संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको गठबन्धनले यहि १७ गतेसम्म घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत सम्पन्न भएका कार्यक्रमको समीक्षा र बाँकी कार्यक्रमलाई व्यवस्थित गर्ने बारे छलफल गर्ने तयारी गरेको हो । जेठ  १८ गतेदेखि गरिने नयाँ आन्दोलनका कार्यक्रमबारे पनि बैठकमा छलफल हुने नेता श्रेष्ठले बताउनुभयो । आन्दोलन अन्तर्गत गठबन्धनले आज भक्तपुरको मध्यपुर ठिमीमा बिरोध सभा गर्दैछ । भोली बसन्तपुर, १६ गते वीरगंज र १७ गते पोखरामा बिरोध सभा गरेपछि १८ गतेदेखि अर्काे चरणको कार्यक्रम घोषणा गर्न गठबन्धनले छलफल गर्न लागेको हो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रमुख घटक समेत रहेको फोरम नेता श्रेष्ठले अहिले गठबन्धनसँग मिलेर आन्दोलन भइरहेकाले प्रधानमन्त्रीले मोर्चालाई वार्ता आव्हान गर्नुको कुनै औचित्य नरहेको उहाँले बताउनुभयो ।