Thaha

Saturday 18 May - 9:45 pm NST

व्यवस्थापिका संसदको नियमावलीमा सहमति जुटाउन सभामुखको पहल


काठमाडौं, १४ जेठ । व्यवस्थापिका संसदको नियमावलीमा सहमति जुटाउन सभामुख ओनसरी घर्तिले पहल थाल्नु भएको छ । त्यसका लागि अहिले केहीबेरमा सिंहदरबारमा मुख्य दलका शीर्षनेताको बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो । संसदको नियमावली यसअघिनै सदनमा पेश भएर सैद्धान्तिक छलफल समेत भैसकेको छ । सहमति भएमा परेका संशोधनका आधारमा प्रकृया पुराएर टुंगो लगाईन्छ भने सहमति नभएमा बहुमतिय प्रकृयाबाट टुंगो लाग्नेछ । नियमावली अन्तरगत संसदीय सुनुवाई समितिको संख्याका विषयमा मुख्यदलबीच विवाद छ । नेपाली काँग्रेसले यसअघिकै व्यवस्था अनुसार संसदीय समिति हुनुपर्ने अडान राखेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ संविधान अनुसार समिति गठन हुनुपर्ने बताएका छन । यसैबीच व्यवस्थापिका संसदको बैठक आज दिउँसो दुई बजे बस्दैछ । बैठकमा सर्वोच अदालत सम्बन्धी र न्यायसेवा सम्बन्धी विधेयक पेश हुने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । यसअघि हिजो बसेको बैठकमा विभिन्न चारवटा प्रतिवेदन पेश भएका थिए ।