Thaha

Saturday 21 September - 12:28 pm NST

सवारी दुर्घटनामा ६ जनाको मृत्यु


काठमाडौं, १२ जेठ । नवलपरासी, धादिङ र कपिलवस्तुमा भएका छुृट्टा–छुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको हर्कपुरमा बिहान मिनी ट्रक दुर्घटना हँुदा चारजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार सल्यानबाट इँट्टाभट्टामा काम गर्ने मजदुर बोकेर काठमाडाँै तर्फ आउँद गरेको बा २ क ११३७ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो । मृत्यु हुनेको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्रक अनियन्त्रित भई पिपलको बोटमा ठोकिएर पल्टिँदा १४ जना घाइते भएका छन् । घाइतेको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै धादिङको गजुरीमा आज बिहान चितवनबाट काठमाण्डौँ आउँदै गरेको एम एच सि के २११४ नम्वरको ट्रकले सोहि दिशामा रहेको ना ९ प ५३३४ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक भरतपुर नगरपालिका १० का अन्दाजी ४५ वर्षका कृष्णभट्ट पुडासैनीको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ । यस्तै, पुर्वपश्चिम राजमार्ग अन्र्तगत कपिलबस्तुको बाणगंगा नगरपालिका १० बुङचीमा आज बिहान बसको डङगवाका २१ वर्षका दिपेन्द्र छिनाल परियारको मृत्यु भएको प्रहरीले ईलाका प्रहरी कार्यालय पिपरा प्रहरी निरिक्षक विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो ।