Thaha

Saturday 21 September - 12:20 pm NST

प्रधानमन्त्री आह्वानमा सर्वदलिय बैठक बस्दै, मधेसवादी दल नजाने


काठमाडौं, ११ जेठ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । अहिले साढे १० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्रीले सत्तारुढ दलका साथै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र आन्दोलनरत मधेशकेन्द्रित दलका नेताहरुलाई आमन्त्रण गर्नुभएको छ । बैठकमा मधेशी मोर्चा र आदिवासी जनजातिहरुको संयुक्त आन्दोलन, आगामी बजेट लगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भने बैठकमा सहभागी नहुने भएको छ । मोर्चा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई जानकारी नभएको भन्दै बैठकमा नजाने बताउनुभयो । ‘बैठकबारे हामीलाई खबर छैन, यादवले थाहा संचार नेटवर्कसँग भन्नुभयो, बोलाउँदै नबोलाएको बैठकमा कसरी जाने ?’ तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले मोर्चाकै नेताहरुसँगको टेलिफोन संवाद र सरसल्लाहपछि प्रधानमन्त्रीले बैठक आह्वान गरेको बताउनुभयो । संविधान पुर्नलेखनको माग गर्दै आएको मधेशी मोर्चाले वार्ता अस्वीकार गर्दै आदिवासी जनजाति दलसँग मिलेर संघीय गठबन्धनको नाममा काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएको छ ।