Thaha

Tuesday 06 October - 8:46 pm NST

माओवादी केन्द्रको हेडक्वार्टर गठनः प्रचण्डको नेतृत्व, ९ सदस्य, पम्फालाई प्रवक्ताको जिम्मा

नवगठित नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नौ सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ। केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालय गठन गरेको हो।

कार्यालयमा नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुङ, मात्रिका यादव, मणि थापा,जयपुरी घर्ति र तिलक परियार हुनुहुन्छ। स्रोतका अनुसार प्रचण्डपछिको वरियतामा नारायणकाजी श्रेष्ठ प्रकाश र त्यसपछि बादल हुनुहुन्छ।

पछिल्लो निर्णयसँगै माओवादी केन्द्र तत्कालका लागि बहुपदमा नजाने भएको छ। प्रचण्डको नामपछि प्रकाशको नाम नै राखेर प्रस्ताव ल्याएकोले अब वरियता विवाद नहुने पनि स्रोतको दावी छ।