Thaha

Saturday 10 May - 6:28 pm NST

नेकपा माओवादी केन्द्रको महाधिवेसन आयोजक समिती बैठक आज


काठमाडौं, ९ जेठ । 
नवगठित नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । दिउँसो एक बजे बत्तिसपुतलीको एक पार्टी प्यालेसमा बस्ने बैठकले पदाधिकारी लगायत सांगठनिक संरचनाको टुंगो लगाउने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजक समितिको नाम सार्वजनिक गर्ने, पार्टीको सांगठनिक गतिविधिलाई तिब्रता दिने, जनवर्गीय संगठनको एकता गर्ने र पूर्णकालिन कार्याकर्ताको व्यवस्थापन लगायतका विषयमा निर्णय लिनेछ । माओवादी केन्द्रले एकवर्षभित्रै एकता महाधिवेशन गर्ने यसअघिनै निर्णय गरिसकेको छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकायको निर्वाचन केन्द्रीत कार्यक्रमका लागि हरेक केन्द्रीय सदस्यलाई चार गाउँ बिकास समितिमा पुगेर संगठन बनाउने जिम्मेवारी दिने कार्यक्रम समेत पेश गर्नुहुनेछ । आजको बैठक  पदाधिकारी छनोटमा बढी केन्द्रीत हुने देखिएको छ । यसअघि नै अध्यक्षपछिको दोस्रो नम्बरमा नेता नारायणकाजी श्रेष्ठ प्रकाश उपाध्यक्ष रहने र तेस्रो नम्बरमा रामबहादुर थापा बादल उपाध्यक्ष बन्ने सहमति भएको थियो । बाँकी पदाधिकारीका विषयमा भने सहमति हुन सकेको छैन । बैठक अघि हुने शीर्षनेताहरुको छलफलले यस विषयमा टुंगो लगाउने माओवादी केन्द्रले जनाएको  छ ।