Thaha

Saturday 21 September - 12:20 pm NST

माओवादी पार्टिबीच आज औपचारिक एकता घोषणा हुदै


काठमाडौं, ६ जेठ । 
विभाजित माओवादी पार्टीहरुबीच आज औपचारिक रुपमा एकताको घोषणा हुँदैछ । काठमाण्डौंको बबरमहलमा रहेको एक पार्टी प्यालेसमा दिउँसो ३ बजे एकता घोषणा गर्ने कार्यक्रम तय भएको एकीकृत माओवादीका प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो । एकता घोषणअघि बिहान ११ बजे एकता अधिवेसन हुदैछ  । एकता अधिवेसनमा अन्तरिम नीती तथा कार्यक्रम पेश हुने र त्यसलाई छलफल गरेर पारित गरिनेछ ।

यस्तै अधिवेसनले एकिकृत दलको अन्तरिम विधान अनुमोदन गर्नेछ । एकता अधिवेशनको आयोजना गरी एकीकृत नेकपा माओवादी, रामबहादुर थापा बादल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीबाट विद्रोह गरी आएका समूहलयातकासँग पार्टी एकता हुन लागको हो । पार्टी एकतापछि पार्टी बहुपदमा जाने पार्टीका नेताहरुबीचमा सहमति बनेको छ  । तर पद संख्या र जिम्मेवारी भने टुंगो लागिसकेको छैन । केन्द्रीय अधिवेशन आयोजक समिति ५ सय ९९ सदस्यीय बनाउने नेताहरुबीच मोटामोटी सहमति भएको नेताहरुले बताएका छन् ।