Thaha

Saturday 21 September - 12:19 pm NST

संघिय गठबन्धनको आन्दोलनले माइतीघर क्षेत्रमा यातयात अस्तब्यस्त


काठमाण्डौं, २ जेठ । 
आफ्ना माग सम्बोधनका लागि दबाब दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय गठबन्धनले आज सिंहदरबार घेराउ गरेका छन् । अहिले माईतीघर मण्डला र हनुमानथानमा प्रदर्शन भएको छ । प्रदर्शनका कारण माईतीघर, बबरमहल, थापाथली, सिंहदरबार, अनामनगर लगायत क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ । प्रदर्शनकारीले माइतीघरमा बा १ झ ३६१० नम्बरको सरकारी गाडिमा तोडफोड गरेका छन् ।

दिउँसो १२ बजेपछि भद्रकाली र पद्मोदय मोडबाट समेत सिंहदरबार घेराउ गरिने गठबन्धनले जनाएको छ ।  धर्ना तथा घेराउ बेलुकी पाँच बजेसम्म हुने छ । गठबन्धनले संविधानमा मधेसी, थारु, अल्पसङ्ख्यक, मुस्लिमलगायतका मागलाई नसमेटेको भन्दै काठमाडौं केन्द्रीत आन्दोलन थालेको हो । गठबन्धनको सिंहदरबार घेराऊ कार्यक्रमलाई मध्यनजर गर्दै नेपाल प्रहरी र शसस्त्र प्रहरीले झण्डै तीन हजार सुरक्षाकर्मी खटाएका छन । एकीकृत सुरक्षा योजना अनुसार नेपाल प्रहरी र शसस्त्र प्रहरी सिंहदरबार सुरक्षामा खटिएको गृह मन्त्रालयले जनाएको छ ।